जेलमा रहेका रेशम चौधरीको पुर्वप्रधानमन्त्री भट्टराईलाई लेखेको मार्मिक पत्र केही छलफल गर्ने विचार छ, प्रतिक्षामा छु

काठमाण्डौ टीकापुर घटानामा अभियुक्त रेशम चौधरीले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई वार्ताका लागि सदरखोर डिल्लीबजारमा निम्तो दिएका छन्।

पूर्व माओवादी लडाकु रहेका दिल निसानी मगरमार्फत चौधरीले पूर्वप्रधानमन्त्री डा भट्टराईलाई हस्तलिखित पत्र पठाउँदै सदरखोरमा आउनका लागि निम्तो पठाएका हुन्। उनले लेखेको पत्रमा टीकापुर घटनालाई राजनीतिक बनाइएको भन्दै दुःखेसो समेत पोखेका छन्।  तीन वर्ष भो सरकारले फैसला नगरी पूर्पक्षका लागि २६ जनालाई धनगढी कारागारमै थुनेको छ,’ पत्रमा अगाडि भनिएको छ, ‘ टीकापुर घटना राजनीतिक हुन सकेन, बनाइएन। हुन नसक्नु र नबनाइनुको पछाडि एउटै कारण हो, एउटै वर्ग र समुदाय मात्रै आन्दोलनमा संलग्न हुनु।

‘हामी शान्ति समृद्धि चाहन्छौँ तर न्याय नपाएका आक्रोशित जनताकोबीचमा मुलुकले कसरी समृद्धिको फड्को मार्ला खोई?,’ चौधरीले भट्टराईलाई लेखेको पत्रमा भनिएको छ।
उनले भट्टराईसँग केही छलफल गर्ने विचार भएको भन्दै निम्तो बठाएको बताएका छन्।

‘केही छलफल गर्ने विचार छ र पत्रमार्फत निम्तो पठाएको छु। पत्रिक्षामा छु आउने अपेक्षा सहित,’ पत्रमा भनिएको छ।