आज बसेको मन्त्रीपरिषदले गरेका निर्णयहरु

मिति २०७५/०२/२० गते बसेको क्याबिनेटको निर्णयहरु
सञ्चार मन्त्री गोकुल बास्कोटा
१)जी प्र का, ई प्र का ,सीमा प्रशासन कार्यालय अध्यागमन कार्यालय हरुको साङ्गठनिक संरचना दरबन्दी स्वीकृत गरिएको
२)प्रशासकीय अदालतको सम्बन्धमा व्यावस्था गर्न बनेको बिधेयक लाई संसदमा पेस गर्ने निर्णय गरेको
३)विमस्टेक को चौथो शिखर सम्मेलन आगामी भदौ १४/१५ वा२१/२२गते नेपाल मा आयोजना गर्न सम्बन्धित सदस्य राष्ट्रहरूलाई प्रस्ताव गर्ने निर्णय गरेको र आवश्यक उपसमितिहरु समेत गठन गरेको
४)काठमाडौं तराई द्रुत मार्ग सडक आयोजना सञ्चालन कार्यविधि द २०७५ लाई स्वीकृत गरिएको
५) कृषि जैविक विविधता संरक्षण तथा सदुपयोग सम्बन्धी विधेयक २०७५लाई स्वीकृत गरिएको
६)पछिल्लो विद्यार्थी भर्ना अभियान लक्ष्य अनुसार ३१३००० हरुमध्ये प्रदेश नं २मा समेत गरी बाँकी रहेका ५९००० विद्यार्थी हरुलाई भर्ना गराउन पुन अभियान चलाउने निर्णय गरेकाे ।