पुर्वराजा ज्ञानेन्द्रको पालाका पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन

जेठ २० गते काठमाण्डौ, ७६ वर्षको उमेरमा ग्राण्डी अस्पतालमा उपचारका क्रममा पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन भएको छ ।   पारिवारिक स्रोतका अनुसार आइतबार बिहान ७ बजेर ५ मिनेट जाँदा उनको मृत्यु भएको हो ।

 

श्वासप्रश्वास, मुटु रोगसँगै दुवै मिर्गौला फेल भएर डाइलाइसिस् गर्दै आएका शाही अढाइ महिनाअघि अस्पताल भर्ना भएका थिए ।  डोटीका मुम्राकोट घर भएका शाही तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका गृहमन्त्री थिए । उनको आजै पशुपति आर्यघाटका अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।