कमलादीमा गोली चल्यो

बुधबार साँझ काठमाडाैंको कमलपोखरीमा गोली चलेको छ । प्रहरीका अनुसार कमलादीस्थित हेरिटेज प्लाजामा गोली चलेको हो ।

गोली चलाएर भाग्ने क्रममा दुई जना भारतीय नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा जसवीर सिंह, अरविन्द सिंह र देवेन्द्र सिंह रहेका छन् ।

उनीहरूको साथबाट अटोमेटिक पेस्तोल र ५१ राउण्ड गोली बरामद गरेको प्रहरीले जनाएको छ ।

मंगलबारमात्रै स्थलमार्गबाट भैरहवाको सुनौली नाका हुँदै काठमाडौं छिरेका ती भारतीय नागरिक पेस्तोलसहित काठमाडौं दरबारमार्ग र कमलपोखरीको बीचबाट पक्राउ परेका हुन् ।
प्रहरी स्रोतका अनुसार उनी ठुलै घटना गराउन काठमाडौं छिरेको हुनसक्ने आशंका गरिएको छ ।