स्व. नायक श्रीकृष्ण श्रेष्ठ प्रती समर्पित ‘कान्छी’ को छायांकन सम्पन्न

स्वर्गीय नायक श्री कृष्ण श्रेष्ठलाई समपर्ण गरेर निर्माण गरेको फिल्म ‘कान्छी’ को छायांकन सकिएको छ। फेसबुक मार्फत एक पत्रको सार्वजनिक गर्दै अभिनेत्री श्वेता खड्काले उक्त कुराको जानकारी दिएकी छन्।

स्व‍. नायक श्री कृष्णकी पत्नी समेत रहेकी उनले लेखेकी छन्, ‘एउटा कलाकारको पत्नीको नाताले मैले उहाँलाई एउटा राम्रो फिल्म समर्पण गर्ने प्रयास गरेकी छु। मैले आफ्नो गक्ष र दक्षले भ्याएसम्मको मेहनत गरेकी छु। मेरो यो मेहनतमा मेरा सहकर्मी मित्रहरु लगायत कान्छी निर्माणमा सम्पुर्ण युनिटको पसिना समेत मिसिएको छ।’