‘झ्यानाकुटी’को ट्रेलर सार्वजनिक

काठमाडौं । मङ्सिर १ मा प्रदर्शन हुने फिल्म ’झ्यानाकुटी’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलर फिल्मका दुइ पात्र सौगात मल्ल र बेनिशा हमालमा केन्द्रित छ ।

राजधानी स्थित बिग मुभिजमा ट्रेलरसंगै केहि समय अगाडी सार्वजनिक गरिएको गीत हे सानी पनि देखाइएको थियो । अभिनेत्रीको रुपमा परिचित निशा अधिकारी यसै फिल्म मार्फत निर्माण पनि डेब्यु गर्दै्छिन भने उनलाई निर्माणमा साथ् दिएका छन् निर्देशक सिमोश सुनुवारले ।

सिमोशको निर्दे्शित फिल्ममा सौगात र बेनिषा देखिएका छन् । ट्रेलर सार्वजनिक समारोहमै फिल्म युनिटले फोटो कन्टेस्ट पनि ल्याएको छ । फिल्मको पोष्टरमा बेनिषाले सौगातलाई बोके झैँ आफ्नो प्रेमी वा श्रीमानको तस्वीर प्रेमिका वा श्रीमतीले फेसबुकमा पोष्ट गर्नु पर्ने हुन्छ ।

प्रीति चाउचाउद्वारा प्रायोजित  फोटो कन्टेस्टको समयावधि झन्डै एक महिना राखिएको छ भने यसको विजेताले ५१ हजार जित्नेछन् । विजेता पोष्ट गरिएको तस्वीरमा आएको लाइकको आधारमा छानिनेछ । सबै भन्दा बढी लाइक आउने तस्वीरको जोडीलाई ५१ हजार प्रदान गरिने निर्माण पक्षले बताएका छन् । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।