करिना कपुरबारे २० रोचक तथ्य

kareena-kapoor-khan-full-hd-wallpapersकरिना गर्भमा रहेका वेला उनकी आमाले ‘अन्ना करेनिना’ नामक किताब पढ्ने गरेकी थिइन् । त्यसकारण उनको नाम करिना राखिएको हो । तर, घरमा उनलाई सबैले ‘बेबो’ भनेर बोलाउने गर्दछन् ।
कपुर खान्दानकी करिनालाई फिल्म अभिनयप्रति बच्चैदेखि रुचि बढेको हो । फिल्मी माहोलमा हुर्किएकी करिनाले पछि पढाइभन्दा अभिनयमा मन लगाइन् । पढाइ अधुरै छाडे पनि उनी आफू सधैँ अब्बल बिद्यार्थी भएको दाबी गर्ने गर्छिन् ।
उनकाे सलमान खानसँग बच्चैमा भेट भएको थियो । त्यतिवेला सलमान करिनाकी दिदी करिश्मासँग एउटा फिल्मको सुटिङमा व्यस्त थिए । त्यतिवेला सलमानले करिनासँग बच्चाजस्तो व्यवहार देखाएका थिए । त्यसकारण करिना सलमानदेखि डराएकी थिइन् । तर पछि ‘क्युँ कि’, ‘बडीगार्ड’, ‘बजरंगी भाइजान’लगायतका फिल्ममा करिना सलमानकी हिरोइन बनिन् ।
करिना हिरोइन बनेको पहिलो फिल्म ‘कहो ना प्यार है’ हो । तर, केही दिनको सुटिङपछि उनी त्यो फिल्मबाट अलग भइन् । राकेश रोशनले त्यो फिल्ममा आफ्ना छोरा ऋतिकलाई धेरै फोकस गरेकाले करिना अगल भएको बताइन्छ । पछि ‘कहो ना प्यार है’मा अमीषा पटेल हिरोइन भइन् । करिना हिरोइन भएको पहिलो फिल्मचाहिँ ‘रिफ्युजी’ (सन् २०००) हुन पुग्यो ।
करिना साह्रै जिद्धी स्वभावकी छिन् । उनले करण जौहरको एउटा फिल्ममा यसकारण काम गरिनन् कि उनले तोकेको पारिश्रमिक दिन करण तयार भएनन् ।
‘चमेली’ करिनाको चर्चित फिल्ममा पर्छ । उनले सुरुमा चमेलीमा अभिनय गर्न अस्वीकार गरेकी थिइन् । वेश्याको भूमिका निर्वाह गर्न नचाहेकाले ‘रिजेक्ट’ गरेकी करिनाले दोस्रोपटकको प्रस्तावमा मात्र सो फिल्म स्विकारेकी थिइन् । त्यसपछि चमेलीको चरित्रमा उत्रिनका लागि उनी थुप्रै रात मुम्बईको रेडलाइट एरिया पुगेकी थिइन् ।
करिना समकक्षी हिरोइनसँग त्यत्ति मिल्दिनन् । केही न केही कुरामा उनको झगडा परिहाल्छ । ‘अजनवी’ फिल्मको सुटिङका क्रममा उनको बिपासा बसुसँग झगडा परेको थियो । करिनाले बिपासालाई ‘काली बिल्ली’ भनेकी थिइन् । त्यसैगरी ‘ऐतराज’ फिल्मको सुटिङका क्रममा उनको प्रियंका चोपडासँग पनि झगडा परेको थियो ।
करिनाले बलिउडका तीन बादशाह खान– आमिर, सलमान र शाहरुख, तीनै सुपरस्टारसँग अभिनय गरिसकेकी छिन् ।
शाहरुख करिनाको कामप्रति यति धेरै प्रभावित छन् कि उनले एउटा अन्तर्वातामा ‘आफ्नो बस चल्ने भए आफ्ना सबै फिल्ममा करिनालाई हिरोइन लिने थिएँ’ भनिसकेका छन् ।
करिनाको साहिद कपुरसँग लामै समय अफेयर चलेको थियो । साहिदकै सल्लाहमा उनी शाकाहारी बनेकी हुन् ।
‘टसन’ फिल्मको सुटिङका क्रममा करिना सैफ अलि खानसँग नजिकिएकी थिइन् । पछि उनीहरूले बिहे गरे ।
करिनाले अहिलेसम्म ६ वटा फिल्म फेयर अवार्ड जितिसकेकी छिन् । बेस्ट फिमेल डेब्यु (रिफ्युजी २००१), स्पेसल अवार्ड (चमेली, २००४), बेस्ट क्रिटिक्स (देव, २००५), बेस्ट क्रिटिक्स (ओमकारा,२००७) र बेस्ट सपोर्टिङ एक्ट्रेस (वी आर फेमेली,२०११) करिना एक्सन फिल्म मन पराउ“दिनन् । उनलाई नारीप्रदान, सेन्टिमेन्टल कथाका फिल्म मन पर्छ ।
फिल्ममा आउनुअघि उनले किशोर नमीत कपुरसँग अभिनयको प्रशिक्षण लिएकी थिइन् ।
‘फिदा’ फिल्ममा करिनाले पहिलोचोटि भिलेनको भूमिका निर्वाह गरिन् ।
करिना घोडा सवार गर्न र खाना पकाउन रुचि राख्छिन् ।
करिना मलाइका अरोरा खान, अमृता अरोरा र इशा देओलसँग निकै निकट छिन् । उनीहरू प्रायः सँगै देखिने गर्दछन् ।
‘टसन’ फिल्मका लागि करिनाले जिरो फिगर बनाएकी थिइन् । त्यसपछि नै हिरोइनमा जिरो फिगर बनाउन तँछाडमछाड भएको हो । फिट रहनका लागि उनी हरेक दिन योगा गर्ने गर्छिन् ।
रियल लाइफजस्तो रिल लाइफमा करिना र सैफको जोडी जमेको छैन । उनीहरूले सँगै अभिनय गरेको ‘कुर्बान’, ‘टसन’ र ‘एजेन्ट विनोद’ फ्लप भए ।
आमिर खानले भन्ने गरेका छन्– करिना अहिलेका मध्ये सबैभन्दा सुन्दर हिरोइन हुन् ।