यी हलिउड अभिनेत्री पतिको साथमा ‘न्युड’ भएर खाना खान्छिन्

Jennifer-Aniston-Justin-Theroux-एजेन्सी– हलिउड अभिनेत्री जेनिफर एनिस्टन र उनको श्रीमान् जस्टिन थेरोक्सलाई लिएर एक सनसनी खुलासा भएको छ । खबरअनुसार जेनिफर र जस्टिनसँग जोडिएको एक स्रोतले उनीहरु दुवैजना बिना कपडा अथात् ‘न्युड’ भएर खाना खान पराउने बताएको छ ।
एक हलिउड वेबसाइटमा उल्लेख भएको खबरअनुसार जेनिफरको एक नजिकको स्रोतले ‘ओके’ नामक पत्रिकालाई भनेको छ, ‘हिजोआज जेनिफरको जिवनमा यौन शक्तिमा ह्रास आएकाले निस्क्रय छिन् तर जस्टिन भने एकदमै सक्रिय छन् । आफ्नो यौन जीवनलाई रामाञ्चित बनाउन उनीहरु एक अर्कामा नाङ्गो भएर खाना खान पनराउँछन् ।’
खाना खाने समयमा उनीहरु दुई जनामात्र हुनेगर्दछन्, र उनीहरु बिना कपडाको ‘डिनर’को लाभ उठाउँछन् । स्रोतकाअनुसार, उनीहरु एकअर्कालाई धेरै माया गर्छन् भन्ने कुरामा शंका छैन र उनीहरु एक असल साथी पनि हुन् । तर, उनीहरु एक–अर्कामा धेरै समय बिताउँदैनन् । उनीहरु सन्देश वा बिहेको औँठीका तस्वीरहरु साटासाट गरेर आफ्नो प्रेम व्यक्त गर्ने गर्दछन् । यता जेनिफरले पनि विवाहले जस्टिनलाई झनै बढी कामुक बनाएको बताएकी थिइन् ।