केटाभन्दा केटीसँग बढी मज्जा लाग्छ -दिया मास्के भन्छिन्

रंगमञ्चका निर्देशक अनुप बरालकी कान्छी श्रीमति दियाले अरु निर्देशक भएको भए ती दुवै चलचित्रमा आफूले त्यस्तो दृश्य नदिने दाबी समेत गरिन् । भूषण र सुवर्णजी जस्तो प्रोफेशनल र चलचित्रलाई राम्रोसँग बुझ्नुभएका निर्देशकहरुलाई नाइँ भन्न सकिनँ । अर्को कुरा उहाँहरुलाई नाइ भन्न सक्ने आधार पनि मसँग थिएन । किन कि त्यो दृश्य विशुद्ध कथाकै एउटा पाटो हो भन्नेमा म विश्वस्त थिएँ ।
त्यसैले त्यस्तो दृश्य दिदा मलाई नराम्रो महसूस पनि भएन । दुवै चलचित्र रिलिज भएपछि उक्त दृश्यहरुलाई लिएर कसैले नराम्रो प्रतिक्रिया नदिएको पनि उनले बताइन् । महिला समलिंगीमा आधारित सुनगाभाको कथा नै बोल्ड भएकोले त्यसबाट आफूले पनि अझ म्याच्योर्ड हुने मौका पाएको उनको कथन छ । भन्छिन्–हाम्रै समाजभित्र पनि यस्ता लुकेका सत्यहरु छन् भन्ने थाहा पाउँन पाएँ । कामसँगै समाजको यथार्थसँग अपडेट हुन पाउँनु दुर्लभ कुरा भएको उनको बुझाइ छ । नबीन सुब्बा निर्देशित दलन टेलिचलचित्रबाट पहिलोपटक अभिनयमा होमिएकी दियाले स्वर्गीय आलोक नेम्वाङसँग झण्डै एक दर्जन बढी म्यूजिक भिडियोहरुमा काम गरिसकेकी छिन् । आजको दिया मास्के बन्नुमा आलोकको अहम् भूमिका रहेको उनी बताउँछिन् र भन्छिन्–शायद आलोक नभएको भए म अभिनेत्री बन्ने नै थिइँन । नृत्यमा पारंगत मानिने दिया नृत्य विधामै डिग्री हासिल गर्ने अभिनेत्री पनि हुन् । source: nayakhabar