आजबाट युरोकप २०१२ फुटबल प्रतियोगिता सुरु हुँदै

युरोपियन फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युरोकप २०१२ आजबाट सुरु हुँदैछ । १४औ संस्करणको युरोकपको उद्घाटन खेलमा आयोजक पोल्याण्ड र ग्रीसबीच प्रतिस्पर्धा हुँदैछ ।
सन् २००४ को विजेता ग्रीस पछिल्लो समय युरोपको उदयमान फुटबल शक्ति हो । ग्रीसले पछिल्लो २१ खेलमा एक खेलमात्र हारेकाले पनि उच्च मनोबलमा छ । यता आयोजक पोल्याण्डलाई भने घरेलु मैदानको भरपुर फाइदा उठाउने तयारीमा छ । पोल्याण्डको टिममा जर्मन लिग बिजेत ब्रोसिया ड्रटमडका खेलाडीहरुको बर्चश्व छ ।
यो सिजनमा ड्रटमडका लागि १४ गोल गरेका रोबर्ट लोवानडोक्सिबाट पोलीस टिमले निकै आशा गरेको छ ।  पोल्याण्डको राजधानी वार्साको राष्ट्रिय रंगशालामा खेल आज राति पौने दश बजे सुरु हुनेछ । यस्तै आजै हुने अर्को खेलमा रसिया र चेक रिपब्लिकबीच भिडन्त हुनेछ । यो खेल राति साढे बजे हुनेछ ।
युक्रेन र पोल्याण्डले मिलेनर पूर्वी युरोपम पहिलो पटक गर्न लागेको प्रतियोगितामा १६ राष्ट्रले भाग लिएका छन् । प्रतियोगितामा ८ वटा रंगशालामा ३१ म्याच हुनेछन् । प्रतियोगितामा दुबै राष्ट्रका चार–चार रंगशाला हुनेछ । यस पटको सबैभन्दा ठुलो रंगशालमा युक्रेनको किभमा रहेको राष्ट्रिय ओलम्पिक रंगशाला हो ।
पोल्यान्डमा वार्सा, ड्यन्जिक, रोक्ल र पोजनान र युक्रेनको किभ, डोनेस्टक, खार्केभ र लिभिभमा सहरका रंगशालमा खेलहरु हुनेछन् । पोल्याण्डको राजधानीमा वार्सामा रहेको राष्ट्रिय रंगशालामा युरो कपको उद्घाटन समारोहका हुनेछ । पोल्याण्ड र ग्रीसबीचको उद्घाटन खेल सुरु हुन पूर्व २० मिनेट अघि ख्यातिप्राप्त कलाकारले प्रस्तुति दिनेछन् ।
उद्घाटन समारोह जम्मा १२ मिनेट चल्नेछ । जसमा युक्रेन र पोल्याण्डेको सम्पदा, संस्कृति झल्कने झाँकी प्रदर्शन हुनेछन् । हगेरीका कलाकार एडम ग्योरीले आफ्नो ३०औ जन्म दिनका दिन उद्घाटन समारोहमा आफ्नो गेम अफ द वर्ल्डको प्रस्तुति दिनेछन् । इटलिका डीजे कर्माट्रनिललेले एडमलाई साथ दिनेछन् । सन १९६० देखि शुभारम्भ भएको युरोकपको उपाधि अहिलेसम्म नौ राष्ट्रहरुले उचालिसकेका छन् ।
जसमा जर्मनीले तीनपटक जितेर ह्याट्रिक गरिसकेको छ भने स्पेन र फ्रान्सले दुई–दुईपटक जित्न सफल भइसकेका छन् । विश्व वरियतामा वश्र्चश्व जमाएका राष्ट्रले तथा विश्व फुटबल राज गरिरहेका खेलाडीको सहभागिता रहने युरो कपलाई सबैभन्दा रोमाञ्चक र प्रतिस्पर्धात्मक भिडन्तको रुपमा लिइएको छ ।