बालक अवस्थामा सिटि स्क्यान गर्नाले रगत,ब्रेन तथा हडिको क्यान्सर हुने खतरा

एक अनुसन्धानको अनुसार बालक अवस्थामा सिटि  स्क्यान गर्नाले रगत,ब्रेन तथा हडिको क्यान्सर हुने खतरा तिन गुण बढी हुन्छ । क्यानडा,ब्रिटेन तथा अमेरिकाका बैज्ञानिकहरुले मेडिकल जर्नल लांसेटमा उक्त कुरा बताएका हुन् । यसकारण सिटि  स्क्यानको विकिरण वाट हुने खतरालाई कम गर्नका लागि बिकल्पको खोजि हुनु पर्ने उनिहरुको धारण रहेको छ । अनुसंधानकर्ताहरु अनुसार बालक अवस्थामा अधिक सिटि  स्क्यान गरिएकाहरुनै क्यान्सरसंग नाता जोड्ने पहिला भएका छन् । न्यूकैसल यूनिर्भसिटिज इंस्चियूट अफ हेल्थ एण्ड सोसाइटीका मार्क पियर्सका अनुसार “महत्वपुर्ण कुरा के हो भने जहां सिटि  स्क्यानको उपयोग गरियको छ त्यहां खाली क्लिनिकल परिक्षणलाई पुरा गर्नका लागि भएको छ” । अनुसंधानकर्ताको अनुसार गत १० वर्ष देखी सिटि  स्क्यान गर्नको संख्या लगाता बृर्दि भई रहेको छ खास गरि अमेरिकामा यस को व्यापक प्रयाग भएको छ । अनुसंधानकर्ताले सिटि  स्क्यानको प्रभाबको लागि ब्रिटेनमा एक लाख असि हजार मानिसमा अध्ययन गरिएको थियो । जस्मा १९८५ देखी २००२ सम्म बालक अवस्थामा सिटि  स्क्यान गरिएकाहरुलाई समावेस गरिएको थियो । अध्ययनको अनुसार उनिहरु मध्ये ७४ जनालाई ल्युकेमिया र १३५ जनालाई ब्रेनको क्यान्सरवाट ग्रस्थ भएको पाईयो ।