अल कायदाका वरिष्ठ नेता अबू याहया अल लिबी मारिए

एक वरिष्ठ अमेरिकी अधिकारीले बताए अनुसार अल कायदाका वरिष्ठ नेता अबू याहया अल लिबी अमेरिकी ड्रोन हमलामा मारिएको अमेरिकाले जनाएको छ। गत सोमबार पाकिस्तानको उत्तरी पश्चिमी क्षेत्रमा गरिएको हमलामा लिबी मारिएको बारेमा पाकिस्तानले भने केही बताएको छैन।ओसामा बिन लादेनको मृत्युपछि लिबी अल जवाहिरीपछिको दोश्रो नम्बरका नेता रहेको अमेरिकाको दाबी छ।अमेरिकी अधिकारीका अनुसार लिबी पश्चिमा देशमा आक्रमण गर्न योजना बनाउन तल्लीन रहेका बेला आक्रमण गरिएको हो।