घर कुर्ने गृहिणी डिप्रेसनका सिकार

जागिर नगर्ने र घर कुरेर मात्र बस्ने गृहिणी महिलाहरु चिन्ता तथा डिप्रेसनका सिकार हुने गरेको एक अध्ययनले देखाएको छ । पछिल्लोपटक गरिएको अध्ययनले जागिरे महिलामा भन्दा घर कुरेर मात्र बस्ने महिला डिप्रेसन र चिन्ताका सिकार मात्र नभएर बढि रिसाहा पनि हुने गरेका छन् ।

अध्ययन अनुसार घर कुर्ने महिलामध्ये २६ प्रतिशतले विगत र भविष्यका विषयमा विभिन्न कुराहरु सोँचेर मनमा चिन्ता लिने गर्छन् । जबकी अनावश्यक कुरा सोँचेर चिन्तामा डुब्ने कामकाजी महिलाहरुको संख्या केवल सयमा १६ जना मात्र हुन्छ ।

त्यस्तै २८ प्रतिशत घरकुरुवा गृहिणीहरुले आफु डिप्रेसनको सिकार भएको बताएका छन् जबकी कामकाजी महिलामा यस्तो समस्या १७ प्रतिशतमा मात्र छ । त्यस्तै पचास प्रतिशत घरकुरुवा महिला तनावबाट पीडित हुने गरेका छन् भने सयमा १९ जना बढि रिसाहा देखिएका छन् । अमेरिकी राजनीतिक पत्रकारिता संगठनले यो अध्ययन गरेको हो ।

<!—->