माउरिन्हो ४ वर्ष रियलमा बस्ने

जोशे माउरिन्हो आगामी ४ वर्ष प्रशिक्षक रहने भएका छन् । उनले आगामी सन् २०१६ सम्म प्रशिक्षक रहने नयाँ सम्झौता गरेका छन् ।   सन् २०१० मा रियल सम्हालेका उनले यस सिजन चिरप्रतिवन्द्धी बार्सिलोनालाई पछि पार्दै स्पेनिस ला लिगाको उपाधि दिलाएका थिए । माउरिन्हो निकै सफल प्रशिक्षक हुन् ।   उनले पोर्चुगलको पोर्टालाई त्यहाँको लिग जिताएका थिए भने चेल्सीलाई प्रमियर लिग तथा इटालीको क्लब इन्टर मिलानलाई राष्ट्रिय लिग जिताइसकेका छन् ।