टुक्रयाउछौ भन्ने र टुक्रिन दिन्नौ भन्ने उस्तै खालका राजनीतिक अन्धाहरु हुन ।

           नाम पनि मान्छे जस्तै छ तेरो  परिवर्तन गरेर ‘चमक’ राख  कतै तेरो  अनुहार पनि चम्किन्छ कि ! भनेको  ”ध्वाँसे कान्छा” लाई धेरै बर्ष अगाडी हो जुन बेला नेपालमा भटाभट क्रान्तिको लागि नाम परिवर्तन गर्ने  होड बाजी चलेको थियो ।   जवाफमा पाटीमा लाग्न पाए त भाग्य चम्किन्थ्यो होला दाई, त्यतिक्कै नाम मात्र  फेरेर त के  सोचे जस्तो मान्छे बन्न सकिएला र ! भनेर ओठ बंग्याएको थियो उसले ।   तैले पनि क्रान्ति नै गर्ने विचार गरिस कि क्या हो ? पार्टीको मान्छे चिनाई दिउला नि जाने भए  भनेको त लौन म हात जोड्छु, मलाई त्यति सहयोग गरेर पाटीको मान्छेसंग भेट गराई दिनुस भन्यो ।  म पनि मेरो नाम सगरमाथा भन्दा  माथि राख्न चाहन्छु, मेरो नाम पनि म ‘चमक’  हैन सगर नै राख्छु भन्यो ।   ठिकै छ नि त  भनेर बाटामा चिनजान भएको एउटा  क्रान्तिको कुरा गर्दै हिड्ने, “धेरै उच्च विचार भएको  हुनाले नाम पनि ‘हिमाल’ राखेको हु” भन्ने व्यक्तिसंग भेट गराई दिए ।
बिकसित मुलुकको तुलनामा हामी नेपाली धेरै पछाडी परेको कुरा खै कुन अन्तर राष्ट्रिय  सम्मेलनमा अरुले भनेको सुने पछी  एक दुइ जना टाउके नेपालीको साह्रै चित्त दुखेछ । अनि सल्लाह गरेछन कि अब नेपाल लाई पनि पूर्ण रुपले परिवर्तन गरि अरु देशको हाराहारीमा लैजानु पर्छ ।   हामीले नेपालमा सुन्दै आएका देख्दै आएका सबै चिज परिवर्तन गरौ भनेर पहिला आफ्नु नाम बाटै क्रान्ति गर्न थाले । पुष्प कमल  ‘प्रचण्ड’ बने , बाबुराम  ‘लालध्वज’ बने। मोहन ‘किरण’ बने  नारायण ‘प्रकाश’  बने ,त्यसै गरि ध्वाँसे  ‘सगर’ बनेको थियो त्यति बेला नाम परिवर्तन गरि क्रान्ति गरेको भन्नेहरुको शक्ति नै बेग्लै  छ   बिर्ख बहादुरले नाम परिवर्तन गरि  ‘बिकाश’  राखे पछी जिल्लामा  निकै फुर्ति बढेको छ पटके साइलाले आफ्नो  नाम परिवर्तन गरि नाम नै   ‘परिबर्तन’  राखिदियो, पुरै इलाका उसको इसारामा चल्छ तिल मायाको  नाम  ‘उन्नति’  भए पछी नै त सबैको नमस्कार खादै हिडछिन नि गाऊ घर मा कसैको कुरा नसुन्ने कन्झारे काईलो नामले ‘क्रान्तिकारी’  बन्यो  उसको निर्णयको बिरोध गर्ने कसैको तागत पुग्दैन सदरमुकाम सम्म पुतली माइली ‘प्रगति’ भए देखि चाल चलन  र बोलिमा नै मान्छे झस्किन्छन  नाम परिवर्तनको ठुलो सफलता पछी  क्रान्ति गर्ने क्रममा हिम नदिहरुको रंग बदलिएर रातो रगत बग्न पुग्यो,   हरिया पहाडमा रगत सुके पछी कालो हुन पुग्यो,  खेति योग्य जमिन बम बारुदले छोपिन पुग्यो प्रकृतिको रंग परिवर्तन भयो हासी खुसि मिलेर बसेका परिवारमा रुवाबासी र चित्कारले भरियो मेलापात, देउसी भैलो,र रोधिमा भेट गर्ने दौतरीहरु देश छाडेर निस्के पछी गाउघर सुनसान भयो यस्तै गरि बढ्दै गएको क्रान्तिले नाममा भन्दा अरु परिवर्तन भएको आभास दिलाउन  सकेको  छैन गाउँ पाखा देखि सडक, गल्लि,चोक , नगर मात्र  हैन राजमार्ग, अस्पताल, बिधालय, कलेज सबै जसोको नाममा क्रान्ति गरेर भ्याए

झुपडीमा बस्नेहरु महलमा बस्न थाले, जंगलमा रात बिताएकाहरु दरबारमा पुगे   ज  जसले क्रान्ति लागि नाम परिवर्तन गरेर पार्टीमा लागे उनीहरुको क्रान्ति नै  भयो र आफ्नो  राम्रो बन्दोबस्त गर्न सक्ने भए   बिचरा  ‘ध्वाँसे कान्छो’ पछाडी लागेको दिन देखि नै कमाण्डरको झोला बोक्न थालेको पछी त बम र पार्टीको दस्ताबेजको भरि बोक्नेमा पद बढेछ   सदरमुकाम देखि बोकेको भारी  दिन र रात छल्दै तेस्रो दिन भनेकै ठाउमा  पुगेर थला परे पछी सकी नसकी अरु सुतेको बेला भागेर शहरको होटेल मा भाडा माझ्न बसेको थियो   अब त खाना पकाउन  पनि थालेछ   उसको सगर छुने सपना अब होटेलको जुठो भाडा भन्दा माथि उठ्न सकेन राजनीतिबाट पर बसेर आफ्नो  बिहान बेलुकाको छाक टार्ने हरेक नेपालीको अवस्था दिना नुदिन कस्टकर बन्दै गएको छ
देशमा भने अब क्रान्तिको स्तर बढेको छ आफ्नो  इलाकामा सबै भन्दा ठुलो शक्तिशाली बनेका क्रान्तिकारीहरुलाई त्यो इलाका उनीहरुकै नाममा गर्नु पर्ने भएको छ   अब पुराना नामले यो मुलुकमा क्रान्ति हुन सक्दैन   हुन त देश बिदेशमा हाम्रो मुलुकलाई चिनाउनको लागि जसले बनाएको भए पनि चौध अंचलको नाम उत्कृस्ट छ
संसारलाई नै  स्वीकार्य हुन  सक्ने नामको आधारमा राखिएका ति नाममा प्रशासन चलाउन गारो परेको खण्डमा थपघट गरेर मिलाएर संघियतामा जानु पर्छ भन्ने बुद्धिजीबीहरुको ठम्याई  थियो  जनताको सुबिधाको लागि पायक पर्ने ठाउँमा सदरमुकाम राजधानी वा केन्द्र हरु हुनु पर्छ  भन्ने कुरा जनताको नेतालाई आन्दोलनले नै घोच्नु पर्ने हैन राज्य पुनर्संरचना भनेर नाटक देखाई रहेका  नेपालका नेताले  कुनै बिकसित मुलुकबाट विकास भएको टुक्राहरु ल्याएर नेपालको अविकसित भूभागमा थपक्क थपक्क राखेर सिलाउने त हैन होला   न त नेपालको भौगोलिक अवस्थाले विकास हुन नसकेकोले गर्दा स्वयम् ब्रम्हा देव  नेपालमा धेरै दिन देखि कुन कुन भाग कता कता राख्ने  पहिला नाप्नु  अनि म  कटिंग गरि दिउला भनेर बसिरहेको  त छैन होला   कि काटेको भाग मिलाएर सिलाउने दर्जी पनि उतै बाट लिएर आएका छन्  चौध किलोको पाठो काटेर चौध घर धुरीलाई भाग लगाए झैँ हाड मासु मिलाएर भाग लगाउन सम्भब छ र प्रकृतिको बरदान हाम्रो भुमि नेपाल ?  टुक्रयाउन र चोइटा पार्न मिल्ने बस्तु त हैन यो धर्ति   टुक्रयाउछौ भन्ने र टुक्रिन दिन्नौ  भन्ने उस्तै खालका राजनीतिक अन्धाहरु हुन

सबै नेपालीको फुलबारी यो देश नेपालमा नाम र नक्शामा धर्का परिवर्तन गर्दैमा बिकसित हुन्छ भन्ने सोचका  राजनीतिज्ञको पछी लाग्नु हामी नेपालीको दुर्भाग्य हुनेछ अब क्रान्ति गर्न बाकी रहेको  नेपालको झन्डा अनि हामी सबैको साझा भुमि हाम्रो   मुलुकलाई कहिल्यै न उक्सिने  दलदलमा फसाएर नाम फेर्दै क्रान्ति गरेको भन्ने क्रान्तिकारीहरु होसियार !  अझै  नाम फेरेर तिमीहरुले  जस्तो क्रान्ति गर्न नखोज्ने,  देश र जनताको लागि ज्यान दिन तम्सेका वास्तबमै मुलुकको  सम्वृद्धि देखन चाहेने ‘ध्वाँसे कान्छा’ हरु  भाडा माझ्दै तिमीहरुको अन्त्य गर्ने योजना बनाउदै छन   त्यसैले नामको क्रान्ति बन्द गरौ  !!  बिकाशको क्रान्ति गरौ  !!

लेखक:-  निर्मल थपलिया