नेपाल कालोसूचीमा पर्ने खतरा कायमै

मुद्रा निर्मलीकरणको सन्दर्भमा नेपाललेअन्तराष्टिय रुपमा जनाएको प्रतिवद्धता अनुसार भएका प्रगति तथा उपलब्धिको विषयमा नेपालको तर्फवाट जानकारी गराएर एक प्रतिनिधी मण्डल बुधवार काठमाण्डौं फर्किएको छ । भारतको नयाँ दिल्लीमा भएको क्षेत्रिय मूल्यांकन समूहको वैठकमा सहभागी भएको प्रतिनिधी मण्डलको नेतृत्व कानून सचिव भेषराज शर्माले गरेका थिए  ।
नेपालका तर्फवाट सहभागीता जनाएका नेपाल राष्टबैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीका अनुसार नेपालले गत तीन महिनामा गरेका प्रगतिको विषयमा जानकारी गराउने काम भयो ।
नेपालले पछिल्लो तिन महिनाको अवधिमा राष्ट बैंकको तर्फवाट जारी गर्नु पर्ने निर्देशनहरु जारी गरेको जानकारी गराइएको थियो ।
यसैगरी नेपालको संविधान आगामी जेठ १४ गते जारी हुने विश्वास सहित सहभागीहरुले त्यसपछि तीन विधेयकहरु पारित गराउनको लागि सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । नेपाललार्इ कालो सूचीमा राख्ने संभावना वढेको भन्दे गत फेव्रुअरीमा भएको पेरिस वैठकमा नेपालले उच्च राजनीतिक,कूटनीतिक पहल गरेको थियो।