आईसीटी क्षेत्रमा योगदान गर्ने सम्मानित

कम्प्युटर एसोसिएसन अफ नेपालले सूचना प्रविधि सम्बन्धी क्षेत्रमा योगदान दिने विभिन्न तिन व्यक्ति तथा संस्थालाई बुधबार सम्मान गरेको छ ।

क्यानका महासचिव नारायण न्यौपानेका अनुसार राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा आईसीटी बिजनेस एक्सिलेन्स अवार्ड मुन्नीबहादुर शाक्यलाई दिइएको छ । उनले नेपालमा हार्डवेयर बनाउन सकिन्छ भन्ने कुरालाई स्थापीत गरेका थिए । आफ्नै घरमा हार्डवेयर बनाएका उनले विभिन्न कम्प्युटर चिप्सलाई विदेश निर्यात गरेका छन् । नेपाल-नेपालमा पनि सुपर कम्प्युटर बनाउन सम्भव छ भन्ने कुरा प्रस्ट पारेको क्यानले जनाएको छ ।

आइटी बेस्ट युजर्स अफ पब्लिक सेक्टरमा महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले पाएको छ । सञ्चारका प्रविधिको प्रयोग गरेको यसले कामका लागि विभिन्न सफ्वेयर प्रयोग गरेको छ । उनीहरुलाई राष्ट्रपति रामवरण यादवले पुरस्कार बाँडेका हुन् ।